काठमाडौ /१ पौष – दक्ष जनशक्ति उत्पादन गर्नको लागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले बेलायतको जेनेज क्लाउड एकेडेमीसंग सहकार्य गरेको छ ।
पछिल्लो समय क्लाउड कम्पुटिङ्गको प्रयोग व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको र उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग रहेकाले विद्यार्थीलाई क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान दिनको लागि सहकार्य गरेको लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले जनाएको छ ।
यस सहकार्यबाट विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै क्लाउड कम्पुटिङ्गको सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् । संस्थाले नयाँ किसिमको रोजगारी मुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरीरहेको र यस्ता सहकार्यले उद्योग र औपचारिक शिक्षाबिचको दुरीलाई कम गर्ने कलेजका अध्यक्ष पंकज जालानले भने ।
उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएस्सी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागि पुर्ण छात्रवृत्ती उपलब्ध हुने जानकारी दिएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृत्ती छनोट समितीले गर्ने छ ।
जेनेजक्लाउड एकेडेमीका सीईओ अंजनीफुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिए । आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योगहरुको लागि मेरुदण्ड साबित भएको छ । यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्ने बताए । साथै आज लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेजक्लाउड एकेडेमी बीच भइरहेको साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दुरीलाई कमगर्न कोशेढुंगा सावित हुने बताए ।
कार्यक्रममा कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान)का निवर्तमान अध्यक्ष र विश्व सूचनाप्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य हेमन्त चौरसियाको समेत उपस्थिति रहेको थियो । आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर रहने प्रतिबद्धता चौरसियाले बताए ।



