काठमाडौ/१ पौष – नेपाल शैक्षिक परामर्श संघ इक्यान ले आयोजना गर्दै आइरहेको शैक्षिक मेला यस पटक अनलाइन माध्यमबाट गर्ने भएको छ ।
कोभिड १९ महामारीका कारण भौतिक रुपमा उपस्थित हुने परिस्थिति नभएकोले विदेश अध्ययनमा जान इच्छुक रहेका विद्यार्थीहरुलाइ अनलाइनबाटै भएपनि जानकारी दिनको लागि १४ औं शैक्षिक मेला आयोजना गरेको ईक्यानले जनाएको छ ।
यस शैक्षिक मेलामा करिब १५० भन्दा वढी कम्पनिहरुको सहभागिता रहने छ । साथै मेलामा एजुकेशन प्रोभाईडर र शैक्षिक मेलामा सहभागि परामर्शदात्रि ब्यवसायी विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने ईक्यानले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
मेलामा अभिभावक तथा विद्यार्थीले अनलाइन बाटै विश्वभरका शैक्षिक संस्था र शैक्षिक प्रणालीको बारेमा समग्र जानकारी दिइने महासचिव दिपक राज भुसाले बताए । मेला पौष २ गते देखि ५ गते हुने छ ।



