बाईडेन राष्ट्रपति भए पनि श्रीमतिले शिक्षण पेसा नछोड्ने


काठमाडौ /२८ कार्तिक – जिल बाईडेन नव निर्वाचित अमेरीकी राष्ट्रपति जोय् बाईडेनकी पत्नि हुन । उनको जन्म १९५१ जुन ३ मा हमन्टोन न्यू जर्सिमा भएको थियो । उनले आफनो स्नातक शिक्षा युनिभर्सिटी अफ देलवारबाट गरेकी हुन भने स्नातकोत्तर शिक्षा वेस्ट चेस्टर युनिभर्सिटी बाट गरेकी हुन । उनी सन १९७७ मा जोय बाईडेनको दोस्रो पत्निको रुपमा वैवाहिक सम्बन्धमा बाधिएकी थिइन ।

लामो समय देखि शिक्षण पेसा गर्दे आएकी जिल बाईडेनले जिवनभर शिक्षण पेसा गर्ने निर्णय लिएकी छन् । १३ वर्ष इङलिस एण्ड रीडिङ हाई स्कुलमा पढाएकी जिल बाईडेनले केहि समय एउटा हस्पिटलमा पनि पढाइन । अहिले कलेजहरुमा पढाइरहेकी उनले शिक्षण पेशालाइ नियमित रुपमा अगाडि बढाइरहेकी छन् ।

यसरी शिक्षण पेसालाइ निकै माया गर्ने जिल बाईडेन नव निर्वाचित अमेरीकी राष्ट्रपती जोय् बाईडेनकी पत्नि भए पनि आफ्नो शिक्षण पेसा नछोड्ने निर्णय गरेकी छन् । यसो गरे उनि व्हाइट हाउस बाहिर काम गर्ने बाहालवाला राष्ट्रपतिको पहिलो श्रीमती हुने छिन । श्रीमान ८ वर्ष सम्म उप–राष्ट्रपति हुदा पनि उनले शिक्षण पेशा भने छोडिनन् ।

उनि भन्छिन “ मानिसले शिक्षण पेसाको मुल्य बुझ्न सकुन र शिक्षकको योगदान बुझ्न सकुन, म यो पेसालाई हेर्ने मानिसको नजर परिबर्तन गर्न चाहन्छु ।” । साथै “मैले धेरै अध्यागमन र शरणार्थीहरुलाई पढाए उनिहरुको कथा सुन्दा धेरै माया जाग्यो, तिनिहरुको सत्यता थाहा पाए र तिनिहरुको सफलताको लागि मैले पनि याहि पेसाबाट सहयोग गर्नसक्छु ।”
रुपन्देहीबाट ममता ढकालले तयार पारेको रिपोर्ट ।