सिकाइ सहजीकरण गर्ने उपायहरू

  राजन कार्की                                               
विद्यार्थीले सिक्ने पहिलो व्यक्ति र पाठशाला आमा हुन।आमा नै वालकको पहिला भाषाविद,शिक्षाविद,सदगुरू,असल साथि रपालनकर्ता हुन।त्यस प्रश्चात वालकले बुबा,घरपरिवार,दौतारी/साथी हुदै विद्यालयबाट विद्यार्थीले आफ्ना आन्तरिक प्रतिभा उजागर गर्ने र प्रदर्शन ठाउँ हो ।विद्यालयहरूमा प्रत्यक्ष सिकाइ नहुने सक्ने अनुमान गरि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजिकरणका पाँच उपायहरू समावेश गरि निर्देशीका तयार गरि हाल त्यसका आधारमा पठनपाठन भइरहेका छन।विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ ले समुहगत सिकाइ कार्यक्रम अन्तर्गत विद्यार्थीको समुहलाइ पाँच वटा विकल्पहरू राखिएका छन् ती हुन:सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका समुहका लागि,टेलिभिजनमा पहुँच भएका समुहका लागि,रेडियो,एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समुहका लागि,कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएको,इन्टरनेट तथा सूचना प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समुहका लागि भनेर छुट्टयाइएको छ।निर्देशिकामा समावेश गरेका विकल्पहरूले सोचे अनुरूपको  सिकाइ  सहजिकरण नभएको अवस्था छ।

हाम्रो समाजमा हालसम्मको प्रचलनमा पनि विद्यार्थीलाई सिकाइ सहजिकरण गर्दा प्रत्यक्ष वा विद्यालयमै  गएर पढ्दा रपढाउदा  सिक्ने विषयवस्तु मानियो तर त्यसका  विकल्पमा अरू विकल्पको खासै अभ्यासमा ल्याइएनन् र ती  प्रयोग कम गरिए।विभिन्न विकल्प राखी नसिकेको शिक्षाले सिकाइले वास्तविक जीवन सिक्न,जान्न सक्ने शिक्षाको अवसरबाट बञ्चित गराएको हो कि भन्ने सवाल हाल उठी रहेका छन्।

विद्यालय नखुलेको लामो समय सम्म पनि विद्यालयमा पठन पाठन हुन नसक्नु एक शैक्षिकसत्र खेर जाने हो कि ?कोरोनाकोअसर लामो समयसम्म रहिरहने हो भने आगामी दिनमा कसरी पढाउने खासै अनुमान गर्न सकिएको छैन।अबका दिनमा निम्नलिखित उपायहरू अवलम्बन गरेर विद्यालयमा शिक्षण सहजीकरण गर्दा कसो होला? ती हुन:

१. विद्यालयमानै शिक्षण सिकाइ:

लामो समयसम्म कोरोनाको कारणले विद्यार्थीहरूलाई  विद्यालयमा सहजरूपमा पढाउने अवस्था रहेन।आगामि दिनमा यस्ता प्राकृतिजन्य वा अन्य कुनै कारणले शैक्षिक क्षतिहुन नदिनका लागि र सिकाइ दिगो बनाउन,विद्यालयमा प्रत्यक्ष सिकाइ गरेर तथा फरक ज्ञान,सीपमूलक र व्यवहारिक शिक्षा दिनको लागि विद्यार्थीहरूलाई विद्यालयमै आवासीय सुविधा सहितको व्यवस्था गर्न आवश्यक छ।अझ त कम विद्यार्थी संख्या भएका विद्यालयरू एकै ठाउँमा गाभेर,विकट हिमाली ठाउँका घुम्ती विद्यायालय,पहाड र तराईका विद्यालयमा आवासीय व्यवस्था भएको सिकाइ केन्द्रका रूपमा स्थापना गरीनु एक असल विकल्प हो।यसरी देशभरका भाौतिक सुविधा सम्पन भएका विद्यालयहरूले शिक्षक र विद्यार्थीहरूलाइ विद्यालयमा नै बस्ने,खाने र अन्य व्यवस्था गर्ने र यस्तो विद्यालय सञ्चालनका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्ने,स्थानिय तह,विभिन्न संघ संस्था तथा अभिभावकले समेत आर्थिक सहयोग गर्ने गरि विद्यार्थीको शिक्षण सिकाइलाई अझ फरक, व्यावहारिक,सीपमूलक र विद्यार्थीहरूको रुचि केन्द्रत बनाउन सकिन्छ।बनाउनु आवश्यक छ।

साँच्चै शिक्षक र शिक्षा क्षेत्रलाई आफ्नो कर्म बनाउनेहरू सच्चा राष्टसेवक,सहयोगी र अनुगमनकर्ता पनि  हुन।यसरी आवासीय विद्यालयका रूपमा  संचालन गर्दा विव्यस,शिअस,अभिभावक,स्थानीय तह,प्रधानाध्यापक र शिक्षकको वास्तविक अग्नि परीक्षाको समय हो। शिक्षक,विद्यार्थीहरू सबै जना विद्यालयमा बस्ने,बिहान, बेलुका र अन्य अतिरिक्त समयमा पनि विद्यार्थीहरूले सिक्न चाहेको र उनीहरूका रूचि अनुसारको विधाहरूमा  (जस्तै:संगीत,खेलकुद, आर्ट र अन्य )समय दिई सिक्न सक्छन् भने सो कार्यमा शिक्षकले सहजीकरण र रेखदेख गरेमा निज विद्यार्थीहरूको प्रतिभा अझै निखारीएर जानेछ।अब ढिलो नगरी यस्ता आवासीय विद्यालय बनाउन आवश्यक छ र स्थापना गर्न सबै सहयोगको चाहिएको छ।

२.मुद्रीत सामाग्री वितरण:

कोभिडको कारणले संचालन हुन नसकेको प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप मुद्रीत वा लेखेका अभ्यास पुस्तिका वा सन्दर्भ सामाग्रीहरू विद्यार्थीका घरघर वा टोलसम्म पुर्‍याउन शिक्षकले सहजिकरण गर्नु सबै भन्दा उत्तम विकल्प हो। स्थानीय तहहरूले आफ्नो क्षेत्र भित्रका विद्यालयको विद्यार्थी संख्याका आधारमा स्व:अध्ययन सामाग्री निर्माण गरी वितरण गर्न बुद्धिमानी हो।यस्ता सामग्री तयार गर्नका लागि स्थानिय तह वा आफ्नो स्थानमा रहेका  शिक्षकहरूको सहयोगमा पाठ्यवस्तु समायोजन ढाँचा,२०७७ को मर्म अनुसारको तयार गर्न लगाउने र स्थानीय तहमा संचालित विद्यालय मार्फत विद्यार्थी समक्ष पुर्‍याउन सकिन्छ ।यस्ता सामाग्री वितरण गर्दा विद्यार्थीहरू एक आपसमा भेटघाट नहुने,भाौतिक दुरी कायम रहने कोरोना सर्ने डर कम हुन्छ र विद्यार्थीहरूको पढाइ/सिकाइमा निरन्तरता हुन्छ ।तयारी मुद्रीत सामाग्रीहरू सम्बन्धित स्थानीय तह/विद्यालयका  शिक्षकहरूले आफ्नो सेवा  क्षेत्रका विद्यार्थीहरूलाइ सिकाइ सहजीकरण,अनुगमन र मुल्यांकन गर्न पनि लचिलो हुन जान्छ ।

३.परीयोजना कार्य दिएर:

विद्यार्थीको रूचि, चाहाना अनुसारका साथै पाठ्यक्रमको उद्देश्यलाई ध्यानमा राखी विद्यालयमै प्रत्येक शिक्षकले आफुले पढाउने विषयको परियोजना कार्य गर्नका लागि नमुना बनाई/बनाउने र विद्यार्थीहरूलाई दिने ।यस्तै नमुनाका आधारमा विद्यार्थीले आफैले परीयोजना बनाउन लगाउन सकिन्छ ।जस्तै : नेपाली विषयमा विद्यार्थीले दैनिकी,कथा, संवाद आदी।स्वास्थ तथा शारीरिक विषयमा  कोरोनाको विरूद्व लड्नका लागि शरीरलाई कस्ता खानेकुराको आवश्यकता पर्छ?कस्ता शारीरिक व्यायाम गर्ने ? आदी।गणित विषयमा हाम्रो घरमा भान्सामा प्रयोग हुने खाद्यान्न किन्न कति रूपैयाँ खर्च भयो? आदी जस्ता विषयवस्तुका बारेमा परीयोजना कार्य गर्न लगाउने र यसैका आधारमा मुल्यांकन गरि कक्षा चढाउने नाौलो  अभ्यास गर्न सकिन्छ ।यस्ता कार्यले विद्यार्थीमा आफैले खोजेर जान्ने,सिक्ने र व्यावहारिक रूपमा अभ्यास आउने भएकाले सिकाइ दिगो हुन्छ र वास्तविक जीवनमा सफलता हाँसील गर्छ।

निचोड :

कोरोनाका कारणले विद्यालय औपचारीक रूपमा खुलेका छैनन् ,विद्यार्थीले पढ्न पाएनन् तर विद्यार्थी सिकाइ सहजीकरण कार्यविधिका पाँच विकल्पहरूले विद्यार्थीहरू बिचमा असमानता उत्पन गर्यो भन्ने अभिभावक तथा विद्यार्थीहरूको गुनासो सुनिन्छ।मन्त्रालयले फरक फरक निर्णय गर्ने गरेको पाइन्छ ।विद्यालयमा शिक्षकहरूले शिक्षण सहजिकरण गरिरहेका छन् भने यो प्रभावकारी भएन भन्ने गरिन्छ।के यी गुनासाहरू सहि हुन  या आरोप मात्र हुन बुझ्न,जान्न र समाधान गरी शिक्षण प्रक्रिया सुचारू गर्न जरुरी छ।अहिले विद्यालयहरूले टोल शिक्षा कार्यक्रम,घरदैलो,प्रत्यक्ष शिक्षण सिकाइ(केहि विद्यालयले)अभिभावक शिक्षा,मुद्रीत सामाग्री वितरण पनि गरेका छन् ।शैक्षिक क्रियाकलाप गरे कोरोना सर्ने  हो कि डर छ नगर्ने हो भने  विद्यालय बन्द भएको लामो समय भएको छ,शैक्षिक क्षति हुने निश्चित छ।विद्यालयले संचालन गरेका गतिविधिले कोरोना सर्छ कि सर्दैन?सर्छ भने जिम्मेवारी कसले लिने?सर्दैन भने शिक्षण क्रियाकलाप किन रोक्ने आदी।अनलाइन,अफलाइन र अन्य विकल्पका आधारमा सिकाइ सहजीकरण गर्दा प्रभावकारी नभएको केही हदसम्म सत्य हो।शिक्षण सिकाइ सहजिकरण गर्दा विद्यालयमै शिक्षक,विद्यार्थी राखेर,धेरै भन्दा धेरै मुद्रीत सामाग्री विद्यार्थी समक्ष पुर्याएर र विद्यार्थीले आफ्नै घर,खेतबारी,भान्सा,जनावर,कृषिमा नै रमेर/गरेर आफ्ना दैनिक गतिविधिमा आधारीत क्रियाकलापको संगालोको रूपमा परीयोजना कार्य जस्ता विकल्प राखी सिकाइ सहजिकरण गर्दा शैक्षिक क्षति कम हुने र विद्यार्थीले आफैले गरेर सिक्ने अवसर प्राप्त हुन्छ ।

कार्की नयाँकिरण कमलकुसुम मावि,भोजाड चितवनका शिक्षक हुन्।