११ मा नयाँ पाठ्यक्रम अनुसार कक्षा सञ्चलन गर्न शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौ /३ कार्तिक – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार कक्षा सञ्चलन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । केहि विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनि विद्यार्थी भर्ना गरीरहेको जनगुनासो आए पछि नयाँ पाठ्यक्रम अनुसार कक्षा सञ्चलन गर्न निर्देशन दिएको हो ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शैक्षिक बर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरुमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको सूचनामा भनिएको छ । सथै कक्षा ११ मा विद्यार्थीको नयाँ पाठ्यक्रम अनुसार मुल्यङकन गर्ने व्यावस्थ गर्न समेत सबै विद्यालयलाइ निर्देशन दिएको छ ।

आगामि शैक्षिक वर्ष देखि कक्षा १२ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन तथा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन हुने भएकोले सबै विद्यार्थी तथा अभिभावकलाई नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भए नभएको जानकारी लिएर मात्र विद्यालयमा भर्ना गर्न भनिएको छ ।

यस अघिनै नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न पाठ्यक्रम विकास केन्द्रले सबै विद्यालयलाइ निर्देशन दिइसकेको छ । तर केहि विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनि विद्यार्थी भर्ना गरीरहेको थिए ।