कोरोना सम्बन्धि जनचेतना फैलाउने सर्त सहित विद्यार्थी र शिक्षाकलाई दशैँ विदा

  •  
  •  
  •  
  •  
  •  


काभ्रेपलाञ्चोक/४ कात्तिक-आफनो घर छरछिमेकमा कोरोना सम्बन्धि जनचेतना फैलाउने सर्त सहित विद्यार्थी र शिक्षाकलाई विदा दिइएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदामा घरमा वा गाउँमा रहेको वेला कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे अनिवार्य जनचेतना फैलाउन भन्दै दशै विदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

दशैमा धेरै मानिस आउजाउ हुने भएकोले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने र आवश्यक रहेकाले विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरले जानकारी दिएको छ । यतिवेला समदायमा धेरै व्यक्तिको आउजाउ हुने साथै समूहमा भेटघाट गर्ने हुदा जनचेतनाको आवश्यक रहेको पनि नगरले जानकारी दिएको छ

दशै विदाको समयमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे समुदायमा वा आफ्नो टोल छिमेकमा सचेत गराउने छन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *