त्रिविले व्यवस्थापन सङ्कायको परिक्षा मङ्सिरको तेस्रो सातापछि गर्ने


काठमाडौँ /२७ असोज – त्रिविले व्यवस्थापन सङ्कायको परिक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन सङ्कायले कोभिड- १९ को महामारी कारण स्थगित भएको परीक्षा गर्न लागेको हो । स्नातक तथा स्नातकोत्तर तहका सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।


त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने निर्णय गरे पछि सबै सङ्कायले धमाधम परिक्षा सञ्चलन गर्दे छन ।