सरकार र डा. गोविन्द केसी बीच सहमति,आइतबार बिहान अनशन तोड्दै


काठमाडौं /२५ असोज – सहमति भएसँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन । सरकार र डा. गोविन्द केसी बीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक बिच शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो ।

बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।