सिन्धुलीका निजी विद्यालयहरुले पाँच महिनाको शुल्क नलिने


सिन्धुली/१९ असोज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सिन्धुलीले विद्यार्थी तथा अभिभावकसंग पाँच महिनाको शुल्क नलिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।


विज्ञप्तिमा भनिएको छ कोभिड -१९ रोकथाम गर्नका लागि नेपाल सरकारले सबै शैक्षिक संस्थाहरु बन्द गरेको कारण विगत लामो समय देखि सबै विद्यालय बन्द रहेको र प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई पठनपाठनमा सहभागि गराउन नसक्दा उनिहरुको पठनपाठनमा पर्न जाने नकरात्मक असर प्रति गम्भिर रहेको जनाएको छ ।


साथै विद्यार्थीको पठनपाठन नबिग्रियोस भन्ने उदेश्यले अनलाईन कक्षा सञ्चालन गरेको विज्ञप्तिमा भनिएको छ ।
कोभिड १९ का कारण दैनिकि जिवन अत्यान्तै कष्टकर बनेको र यस्तो विषम परिस्थितिमा सहयोग हौसला प्रदान गर्ने सबै अभिभावक र शिक्षाप्रेमि सबैलाइ कृतज्ञता व्याक्त गर्दे विद्यार्थीलाई अनलाइन कक्षा लगायत वैकल्पिक सिकाइ क्रियाकलापमा सहभागि भई पठनपाठनलाई निरन्तरता दिन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।


कोभिड १९ ले सिर्जना गरेको विषम परिस्थितिलाई ध्यानमा राख्दै प्याब्सन सिन्धुलीमा आबद्ध सबै बिद्यालयले २०७७ बैशाखदेखि २०७७ साल भदौसम्म पाँच महिनाको शुल्क अभिभावकसंग नलिने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।