गेरखा /१४ असोज – गोरखाका विद्यालयहरुमा छ महिना पछि पठनपाठन सुरु भएको छ ।कोभिड -१९ का कारण बन्द रहेका गोरखाका विद्यालयमा पठनपाठन सुरु हुन थालेको हो । धेरै विद्यालयले स्थानिए तहको निर्णयमा सुरु पठनपाठन सुरु गरेका छन् भने केहिले आफै निर्णय गरेर पठनपाठन गरेका छन् । जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयमा विद्यार्थी बोलाएरै पढाइ भइरहेको छ ।
गोरखा नगरपालिकामा भर्ना गर्ने र पुस्तक वितरण गर्ने भन्दै विद्यार्थी बोलाएर पढाइ हुने गरेको छ । तर विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सुरु गर्न नगरपालिका शिक्षा शाखाले अनुमति दिएको छैन ।
लामो समय बन्द भएका विद्यालयलाई सुचारु गर्ने बारे मंगलबार गोरखा नगरपालिका नगर शिक्षा समितिको छलफल भए पनि विद्यालय सञ्चालन गर्न जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रसित अनुमति माग्ने निर्णय भएको छ ।
त्यसै गरि पालुङटार नगरपालिकामा गत आइतबारदेखि नै विद्यार्थी बोलाएर पठनपाठन सुरु भएको छ । ‘संघ सरकारले सिकाइ केन्द्र बनाएर पढाउनू भनेको थियो । चौतारामा पढाउनु भन्दा विद्यालयलाई मूल सिकाइ केन्द्र बनाएर पढाउन उपयुक्त हुने देखिएकाले विद्यालयमा नै पढाइ भएको छ’, मेयर दिपकबाबु कँडेलले भने ।
त्यस्तै सिरानचोक ,बारपाक सुलीकोट, धार्चे, आरुघाट, भीमसेनथा, सहिद लखन, गण्डकी लगायतका सबै पालिकामा पठनपाठन सुरु भइसकेको छ । कुनै विद्यालयले गत आइतबारदेखि, कतिपयले मंगलबारदेखि पठनपाठन सुरु गरेको जनाएका छन् ।



