काठमाडौं /११ असोज – निजी मेडिकल कलेजले विद्यार्थीलाई आरटी पीसीआर परीक्षण गराएर परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत आइतबार निजी मेडिकल कलेजको उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो । ‘निजी मेडिकल कलेजले विद्यार्थीलाई पीसआर परिक्षण गराएर परीक्षामा सहभागी गराउने निर्णय वैज्ञानिक आधारले पुष्टि नगर्ने र लक्षण नभएका विद्यार्थीलाई पीसीआर परीक्षण गराउने निर्णय कार्यान्वयन नगराउनुहुन मन्त्रालय अनुरोध गर्दछ ।’ प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा भने ।
सरकारले पीसीआर परीक्षणका लागि तोकेको व्यक्ति र मापदण्डबाहेक परीक्षण गर्नुलाईु गलत भएको गौतमल प्रष्ट पारेका छन् ।



