बर्दिया /११ असोज – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका क्याम्पस प्रमुखक विनोद कुमार अग्रवालको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
फोक्सोको क्यान्सर उपचारत क्याम्पस प्रमुखको कोरोना संक्रमण बाट मृत्यु भएको हो । उपचारको लागि भेरी अस्पताल बांके नेपालगन्जमा लग्दै गर्दा उनको मृत्यु भएको स्वास्थ्य कर्मिले जनाएका छन् । केही दिन अघि उनि भारतको दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि गएका र फर्केपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शोक मन्तव्य निकाल्दै क्याम्पस प्रमुखक विनोद कुमार अग्रवालको अल्पआयुमा भएको असामयिक निधनले विश्वविद्यालय मर्काहित भएको र एक कुशल शैक्षिक तथा प्रशासनिक नेतृत्व गुमाएको मन्तव्यमा व्याक्त गरेको छ ।


