प्याब्सन तथा हिसानका संस्थापक अध्यक्ष एवं सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण


काठमाडौ /११ असोज – निजी तथा संस्थागत विद्यालय र उच्च माध्यमिक विद्यालयहरुकोे संगठित संस्था प्याब्सन र हिसानका संस्थापक अध्यक्ष एवं सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनले शनिबार गराएको स्वाब परीक्षणको नतिजामा कोरोना पोजिटिभ आएको हो ।


श्रेष्ठले आइतबार रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको बताएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफुसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।