काठमाडौ /६ असोज – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो ।
विद्यालय शिक्षा सम्बन्धि ३१ बुदे आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजना अनुसार असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न स्थानीय तह, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको छ ।







