नेपाल शिक्षक महासंघमा ५० लाख माथिको भाग बिलोले ऐन बिपरित काम भयो


अनन्त राज पन्त
अध्यक्ष,सामुदायिक बिद्यालय शिक्षा सुधार समाज , कर्णाली प्रदेश

नेपाल शिक्षक महासंघको नेतृत्व विवाद कायम नै छ । निवृत्त भएको व्यक्ति अध्यक्ष पदमा रहिरहन कत्तिको उचित हो ? वा होइन ? यो विषय अहिले नेपाल शिक्षक महासङ्घको लागि निकैनै सकस बनिरहेको छ । शिक्षा ऐन र महासंघको विधानलाइ मान्ने हो भने निवृत्त व्यक्ति महासङ्घको अध्यक्ष हुन पाउने व्यवस्था छैन । तर निवृत्त व्यक्तिले नै महासंघको नेतृत्वमा रहिरहे पछि विभिन्न जिज्ञासा र प्रश्न उब्जिएका छन् ।

उमेर हदका कारण बाबुराम थापा गत चैतमा अवकास भएपनि अध्यक्षकै रुपमा बसिरहनु कति उचित होला ? यस अघि यो विषयमा महासंघमा आवद्ध विभिन्न ८ घटकले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण समेत गराएका थिए ।
नेपाल शिक्षक संघका अध्यक्षबाट सेवा निवृत्त शिक्षक बाबुराम थापालाई नेपाल शिक्षक महासंघको अध्यक्ष रहन पाउने गरि विधान संशोधनको प्रस्ताब आएको हो भनेर विभिन्न माध्यम बाट सुनिरहदा मेरो मनमा केहि जिज्ञासा्हरु उब्जिए र यी जिज्ञासा्हरुको उत्तर विस्तारै आउदै जाला ।


जिज्ञासा् -१
बाबुराम थापा लगाएत NNTA का केन्द्रिय नेतृत्वहरु सहित सदस्यहरू नेपाल शिक्षक संघमा प्रवेश गरेको हुनुपर्छ ।


जिज्ञासा् -२
नेपाल शिक्षक संघका अध्यक्ष एक्लै सुटुक्क नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेको हुनुपर्छ ।


जिज्ञासा् -३
आफ्नो लाज छोप्न र पानी माथी ओभानो बन्न राष्ट्रिय शिक्षक संगठनले नेपाल शिक्षक संघका अध्यक्ष माथी हिलो छयापेको हुनुपर्छ ।


जिज्ञासा् -४
शिक्षक महासंघको अघिल्लो कार्यसमितिको ५० लाख माथिको बेरुजु लुकाउन र तत्कालिन महासचिव तिलक कुवर र तत्कालिन NNTA अध्यक्ष बाबुराम थापालाई चोख्याउन यस्ता अभिब्यक्ति आउने गरेका हुन ।


जिज्ञासा् -५
सबै पेशागत संस्थाका शिर्ष नेतृत्वहरुले ५० लाख माथिको भाग बिलो पाएको हुदा शिक्षा ऐन र संविधान बिपरित काम गर्ने गरेको ।


जिज्ञासा् -६
ब्यक्तिगत तथा पारिवारिक आर्थिक तथा राजनैतिक लाभ प्राप्तका लागी ।


कारणहरु जे सुकै हुन कसैको निजि बिचारलाई नेपाल शिक्षक संघको सस्थागत निर्णय मान्न सकिदैन। यो नेपाल शिक्षक संघमा आबद्ध ८३००० शिक्षकहरुले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनन । त्यसैले NNTA का शिर्ष नेतृत्वहरु लगायतका संंस्थाहरुलाई अनर्गल प्रचार गर्दै आफ्नो कमिकमजोरी लुकाउने प्रयास नगर्न सचेत बनाइन्छ ।


आदरणीय आम शिक्षक मित्रहरु,
यी पेशागत सुरक्षाका खातिर स्थापना भएका संस्थाका शिर्ष नेतृत्वहरु ब्यक्तिगत स्वार्थ बाहेक आफ्नो संस्थाका अन्य सदस्यहरुको पेशागत सुरक्षाको लागी कहिल्यै काम गरेनन् मात्र इतिहासको सावाँको ब्याजमा रमाउदै आर्थिक तथा राजनैतिक लाभमा रमाइ रहेका छन। त्यसैले हिम्मत भए record हुने गरि आ आफ्ना पेशागत सस्था र तिनका माउ पार्टीसंग शिक्षा क्षेत्र र शिक्षकहरुको पेशागत मुद्दाको सम्बन्धमा सार्बजनिक कार्यक्रम गर्न दबाब दिऊ अन्यथा यी नेतृत्वहरुले आम शिक्षकहरुलाई हल्लुड ,भजन मंडली र झोले बनाइ रहने छन ।
जय शिक्षक!