जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भन्दै डा. केसी काठमाडौं आउन तयार


काठमाडौं/ ५ असोज – चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ -६ रानिचौरमा रहेको वाविरा मन्दिर परिसरमा १९ औ सत्याग्रह बसेका डा. गोविन्द केसी काठमाडौंमा आउने भएका छन । जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भन्दै डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दे आफु काठमाडौ आउन तयार भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ “दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड र्गयो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ ।”


डा. केसी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औं सत्याग्रह गरेको आज आठौँ दिन पुगिसकेको छ ।