शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ /२ असोज – शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८३ /०८४का लागि शिक्षक पदपूर्ति तथा अध्यापन अनुमतिपत्रसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले तोकिएको कार्यतालिका शिक्षा विभागबाट पदपूर्तिसम्बन्धी विवरण प्राप्त भएपछि सोहीअनुसार कार्यान्वयन गरिने जनाएको हो ।


कार्यतालिकाअनुसार माध्यमिक तह अध्यापन अनुमतिपत्रको विज्ञापन कात्तिक गरिने, परीक्षा माघ हुने र नतिजा पनि माघमै प्रकाशित गरिने जनाएको छ । निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको विज्ञापन मंसिर, परीक्षा माघ र नतिजा फागुन गर्ने रहेको छ । यसैगरी माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगिताको विज्ञापन फागुन, सामान्य परीक्षा वैशाखमा र विषयगत परीक्षा असारमा हुने छ ।

निम्नमाध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगिताको विज्ञापन चैतमा हुने , परीक्षा जेठ/असार मा सञ्चालन हुने उल्लेख छ ।


माध्यमिक तथा निम्नमाध्यमिक तहका बढुवासम्बन्धी विभिन्न प्रक्रिया पनि कार्यतालिकामा समावेश छन् । कार्यतालिकामा प्राथमिक तह तृतीय श्रेणी तथा अन्य शिक्षक पदसम्बन्धी कार्यक्रमसमेत राखिएको छ ।