काठमाडौँ /५ साउन – प्रधानमन्त्री बालेन शाहले शिक्षामा लगाइएको तीन प्रतिशत समता कर लागु नगर्ने निर्णय गरेसँगै शिक्षा मन्त्री सस्मित पोखरेलले संस्थागत विद्यालयहरूसँग छलफल गरेका छन् । हिसान, प्यब्सन, एन-प्यब्सन र अपेनका अध्यक्ष तथा महासचिव लगायतका प्रतिनिधिहरूसँग आज छलफल गरेका हुन् ।
छलफलमा शिक्षाको स्तर उन्नतिका लागि सहकार्य गर्ने तथा विधेयक, पाठ्यक्रम लगायतका हरेक विषयमा निजी विद्यालयलाई सहभागी गराइने शिक्षामन्त्रीले प्रतिबद्धता व्यक्त गरेको एन प्यब्सनका अध्यक्ष सुवास न्यौपानेले बताए ।
शिक्षामा लगाइएको तीन प्रतिशत कर सम्बन्धी संस्थागत विद्यालयले विरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।



