सशस्त्रको स्लकुमा आर्थिक हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित दुई जना पक्राउ

काठमाडौं/२१ असार – स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेको हो ।


उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनीहरुमाथि स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।


यसको मुख्य योजनाकार नै लेखा प्रमुख गुरुङ रहेको बताइएको छ । स्कुलमा भएको आर्थिक अनियमितता छानबीन गर्न सशस्त्र डीआईजी युवराज अर्याल संयोजकत्वको समिति गठन गरिएको थियो । छानबिनको क्रममा उनीहरु दोषी देखिएपछि प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो ।