अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय विदा गर्ने निर्णय

कञ्चनपुर/१० जेठ – अत्यधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले विद्यालय विदा गर्ने निर्णय गरेको छ। जेठ ११ गतेदेखि १३ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा गर्ने निर्णय गरेको हो।

अत्यधिक गर्मी बढिरहेकोले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विद्यालयहरूमा लामो विदाबाट कट्टी हुने गरि विदा गरिएको जनाएको छ।

जेठ ११ गते सोमवार देखि १३ गते बुधवार सम्म ३ दिन नगरपालिका अन्तर्गत सम्पूर्ण विद्यालयहरूमा लामो विदाबाट कट्टी हुने गरि विदा गरिएको जानकारीका लागि यो सूचना गरिएको छ पत्रमा भनिएको छ।