प्रधानाध्यापक र लेखापाल विरुद्ध ९३ लाख ८३ हजार ३०८ को भ्रष्टाचार मुद्दा

काठमाडौँ /१५ वैशाख – अख्तियार अनुसन्धान आयोगले विद्यालयको रकम अनियमितता गरेको आरोपमा प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।


उनिहरुले आ.व. २०७७/७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम अनियमितता गरेकोले छानविनका लागि उजुरी परेकोले अनुसन्धान हुँदा विद्यालयको ९३ लाख ८३ हजार ३०८ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।


नमुना विद्यालय भवन निर्माण गर्दा खर्चभन्दा बढी बिल भर्पाइ बनाइ प्रअ र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको, विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ नगद पनि हिनामिना गरेको र आर्थिक वर्ष २०७७/७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।


हेर्नुहोस विज्ञप्ति