समितिको बैठक वैशाख १६ गते बस्ने तयारी, शिक्षाका बारेमा मन्त्रालयसँग बुझ्दै

काठमाडौँ /१४ वैशाख – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक वैशाख १६ गते बस्ने तयारी गरेको छ । समितिका सभापति डा. ओजस्वी शेरचनले केही महत्वपूर्ण एजेन्डा भएकोले बैशाख १६ गते बैठक बस्ने तयारी गरेको बताइन ।


उनले कुन एजेन्डाका बारेमा बैठक बस्दै छ भन्ने सवालमा भने बोल्न चाहिनन् । उनले भनिन् “एजेन्डा अहिले भन्न मिल्दैन तर महत्वपूर्ण एजेन्डा छ । यही बैशाखमै गर्नुपर्ने भएकोले यही वैशाख १६ गते बैठक बस्दै छौँ ।”


यसैगरी सभापति शेरचनले अहिलेनै विद्यालय शिक्षा विधेयकका विषयमा भने छलफल नहुने जानकारी दिइन । शिक्षा मन्त्रालयका ऐण्डाहरूका बारेमा आफूले जानकारी लिनुपर्ने र विधेयकका बारेमा मन्त्रालयसँग बुझ्न बाँकी रहेकोले अहिले उक्त विषयमा छलफल नहुने प्रस्ट पारिन ।


समितिमा अत्यधिक धेरै सुझाब गुनासो आएकोले त्यसलाई व्यवस्थित गर्दै अध्ययन गर्न कठिन भईरहेकोले सबै कुरालाई हेरेर महत्वका आधारमा आगामी दिनमा बैठक राखिने उनको भनाई छ ।