भदौ २५ गते संसदको बैठकमा शिक्षा विधेयक माथि छलफल गरिने

काठमाडौँ/१३ भदौ – विद्यालय शिक्षा विधेयक माथिको छलफल तथा प्रस्ताव परित गर्न प्रतिनिधि सभाले बैठकको सम्भावित कार्यसूचीमा भदौँ २५ गतेलाई राखेको छ । छलफल र पारित गरियोस भन्ने प्रस्ताव क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्य सूची तया गरिएको हो ।


विद्यालय शिक्षा विधेयकको प्रतिवेदन भदौ ६ गते संसदमा पेस गरिएको थियो । सार्वजनिक गरिएको कार्य सूचिमा भदौ १८,१९,२५,२६ र २७ गते बैठक बस्ने जनाइएको छ ।


लामो छलफल र रस्साकस्सी पछि शिक्षा समितिबाट संसदमा पुगेको विधेयकका सवालमा भने नेपाल शिक्षक महासङ्घ र निजी शिक्षालयहरूले असन्तुष्ट जनाएका छन् । उनिहरू आफ्ना माग सम्बोधन नभएको भन्दै अहिले आन्दोलनमा उत्रिएका छन् ।