सरकार पक्ष बैठकमा नआएपछि विद्यालय शिक्षा विधेय माथिको छलफल स्थगित

काठमाडौं/१९ जेठ – विद्यालय शिक्षा विधेयक,२०८० को उपसमितिले बुझाएको प्रतिवेदन माथि छलफल गर्न आज बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सरकार पक्ष तयार नभएका कारण बैठक स्थगित गरिएको हो ।


समितिका सभापति अम्मर बहादुर थापाले सरकार पक्ष तयार नहुँदा बैठक स्थगित गरिएको जानकारी दिए । उनले भने हामीले बैठक बोलाको बोलाई छौँ । सरकार पक्ष तयार भएन । किन तयार भएन भन्ने कुरा उहाँहरूलाई नै थाहा होला । तर महासङ्घसँग छलफल सकिएको छैन मात्रै भन्नु हुन्छ । सरकार नआएपछि स्थगित गरेका हौँ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग वार्ता गर्न ७ दिनको समय माग गरेपछि ११ जेठमा बैठक स्थगित गरिएको थियो । समितिले दिएको समय सकिएपनि सरकार र महासंघबिच सहमति हुन सकेको छैन ।