नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

काठमाडौं/२८ कार्तिक – नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।


नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट कार्तिक २७ मा स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” बमोजिम दरखास्त आह्वान गरिएको छ ।


इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचामा मंसिर ७ गतेभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने छ । साथै दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।