सेट-२२ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/२७ साउन-शिक्षक सेवा आयोग तयारीका लागि एकाइ पाँच सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत नागरिक सचेतना र मानव मूल्य शिक्षाबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : नागरिक शिक्षा, नागरिकका मौलिक हक र अधिकार, सामाजिक मूल्य र मान्यताहरू र मूल्यमा आधारित शिक्षा, नेपालको राज्य संरचना (सङ्ग, प्रदेश र स्थानीय निकाय) र स्थानीय तहहरुको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार


नमुना प्रश्नोत्तरहरु


१. नागरिक शिक्षाको आवश्यकता किन पर्दछ ? नागरिक शिक्षाको अभिवृद्धिमा एक कुशल शिक्षकको भूमिका उल्लेख गर्दै ‘गर र सिक’ रणनीतिका माध्यमबाट आधारभूत तहका बालबालिकाहरूमा नागरिक चेतना विकासका लागि घर, विद्यालय र समुदायमा सञ्चालन गर्न सकिने क्रियाकलापहरूको अलग–अलग सूची बनाउहोस् । २+२+६ (२०८० सालको परीक्षामा सोधिएको)


२. नेपाली समाजमा नागरिक सचेतना र मानव मूल्य शिक्षाले कसरी स्थायी परिवर्तन ल्याउन सक्छ ? त्यसका लागि उपयुक्त उदाहरण दिनुहोस् ।


३. नेपालको संविधान अनुसार नागरिकका मौलिक हक र अधिकार के–के रहेका छन् ? नेपालको संविधान अनुसार नागरिकका मौलिक हक र अधिकार कसरी संरक्षण गरिन्छ ?


४. सामाजिक मूल्य र मान्यताहरूलाई समाजमा कसरी स्थायित्व र सामञ्जस्यता कायम गर्न सहयोग पु¥याउँछ ? शिक्षा प्रणालीमा सामाजिक मूल्य र मान्यताहरूलाई कसरी समावेश गर्न सकिन्छ ?


५. नेपालको सङ्घ, प्रदेश र स्थानीय निकायहरूको संरचना र तिनका कार्य प्रणालीहरू वर्णन गर्नुहोस् ।


६. नेपालको संविधान अनुसार स्थानीय तहहरूको गठन कसरी गरिन्छ ? यो प्रक्रियामा नागरिकहरूको सहभागिता कस्तो हुन्छ ?


७. नेपालको स्थानीय तहहरूका प्रमुख काम, कर्तव्य र अधिकारहरू के–के रहेका छन् ? स्थानीय तहहरूका अधिकारहरूको कार्यान्वयनमा के–के चुनौतीहरू रहेका छन् ?


८. नेपालको संघीय प्रणालीमा स्थानीय तहहरूको भूमिका के हो ? प्रदेश र सङ्घीय सरकारसँगको सम्बन्ध कसरी व्यवस्थित गरिएको छ ?


हेर्नुहोस नमुना प्रश्नोत्तर