काठमाडौं/२२ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दशः भाषा/पाठ्यक्रम अन्तर्गत स्थानीय नेपालमा मातृभाषा तथा स्थानीय भाषा सम्बन्धमा भएका नीतिगत प्रयासबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : नेपालमा मातृभाषा तथा स्थानीय भाषा सम्बन्धमा भएका नीतिगत प्रयासः संवैधानिक व्यवस्था, कानूनी र संरचनागत व्यवस्था
अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. नेपालमा मातृभाषा एवम् स्थानीय भाषामा शिक्षा सम्बन्धी संवैधानिक एवम् कानुनी व्यवस्था बुँदागत रुपमा उल्लेख गर्दै शिक्षण सिकाइका क्रममा मातृभाषाको प्रयोगबाट शिक्षण सिकाइ कसरी प्रभावकारी बन्न सक्छ ? उदाहरण सहित प्रस्ट पार्नुहोस् । ५+५ खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०८०
२. नेपालमा मातृभाषा र स्थानीय भाषाहरूको संरक्षण र विकासका लागि के के गर्न सकिन्छ ? मातृभाषा र स्थानीय भाषाहरूको संरक्षण र विकासमा सरकारले गरेको योगदानका बारेमा लेख्नुहोस् ।
३. नेपालमा मातृभाषा संरक्षणका लागि देखिएका चूनौतिहरु के के रहेका छन् । समुदायस्तरमा मातृभाषा संरक्षण र प्रवद्र्धन गर्नका लागि के के गर्न सकिन्छ ? लेख्नुहोस् ।



