काठमाडौं/१५ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ तीन अन्तर्गत शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन अन्तर्गत शैक्षणिक प्रविधिबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
साथै यो सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : अर्थ, परिभाषा, महत्व, वर्तमान अभ्यास, व्यवस्थापन र प्रयोग
अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु :
१. शैक्षणिक प्रविधिको परिभाषा र यसको महत्वको वर्णन गर्नुहोस् । यसले शिक्षण र सिकाइमा कसरी योगदान पु¥याउँछ ? उदाहरणहरू सहित स्पष्ट पार्नुहोस् ।
२. वर्तमान अवस्थामा प्रयोग भइरहेको शैक्षणिक प्रविधिका अभ्यासहरू र व्यवस्थापन प्रणालीहरूको वर्णन गर्नुहोस् ।
३. शैक्षणिक प्रविधिको प्रयोगमा सामना गर्नुपर्ने चुनौतीहरू र तिनको समाधानका उपायहरू लेख्नुहोस् ।



