एसोसिएट प्रोफेसर सहित दरखास्त आह्वान

काठमाडौँ /१२ मंसिर – मनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि एसोसिएट प्रोफेसर र लेक्चर गरी ९ सिटमा दरखास्त आह्वान गरेको हो ।


न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको कार्यालयबाट दरखास्त फाराम लिई वा आयोगको www.mtuservicecommission.edu.np बाट डाउनलोड गरी दरखास्त फारामका सबै महलमा स्पष्ट विवरण खुलाई तोकिएको अन्तिम मितिको कार्यालय समयभित्र आयोगको कार्यालय दुहबी ४, सुनसरीमा बुझाउनुपर्नेछ ।