स्याङ्जा / ४ मंसिर – स्याङ्जाको पुतली बजार नगरपालिका वडा नं. १२ पेल्काचौर स्थित श्री मनकामना माध्यमिक विद्यालयको छात्रावास अहिले कक्षा कोठामा परिणत भएको छ । २०४० सालमा लामो दुरीबाट आउने विद्यार्थी र परीक्षाको तयारीका लागि विद्यार्थीहरूलाई छात्रावास मै राखेर पढाउने उदेश्यले स्थापना गरिएको छात्रावास अहिले कक्षा कोठामा परिणत भएको हो ।
पछिल्लो समयमा निजी विद्यालयहरूले छात्रावास मै राखेर विद्यार्थीहरूलाई पढाउने गरेपनि सामुदायिक विद्यालय छात्रावासको व्यवस्था हराउँदै गएको छ । अहिले धेरै विद्यालयमा छात्रावासका भवन भएपनि विद्यार्थीलाई राखेर पढाउने चलन हराउँदै गएको देखिन्छ ।
२०१६ सालमा स्थापित भएको श्री मनकामना माध्यमिक विद्यालयमा समुदायबाट पैसा उठाएर छात्रावास निर्माण गरिएको थियो । छात्रावासको तत्कालीन बन तथा भू संरक्षण सहायक मन्त्री भोलामान सिंह थापाबाट उद्घाटन गरिएको थियो ।






