काठमाडौं/२१ मंसिर–भिएस निकेतन कलेज र भिएसएन आईटी कल्बको आयोजनामा अन्तरकलेज वेभ डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । आइतबार भिएस निकेतन कलेजमा अन्तरकलेज वेभ डिजाइन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा १५ वटा कलेजका ६० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा केएमसी कलेजका विद्यार्थीहरु प्रथम हुन सफल भए भने फस्ट रनर अफमा सेन्टजेभियर्स कलेजका विद्यार्थीहरु भएका छन् । प्रथम हुने टिमले नगद रु १५ हजार, दोस्रो हुनेले नगद रु १० हजार रकम सहित टर्फि, सर्टिफिकेट पुरस्कार पाउन सफल भए । बाँकी सबै सहभागी विद्यार्थीहरुलाई सर्टिफिकेट उपलब्ध गराईएको थियो ।
अन्तरविद्यालय वेभ डिजाइन प्रतियोगिमा कक्षा ११ र १२ कक्षाका कम्प्युटर साइन्स पढ्दै गरेका विद्यार्थीहरुको सहभागी रहेको थियो । विद्यार्थीहरुले कक्षा कोठामा पढेका कुराहरुलाई व्यवहारीक रुपमा प्रयोग गर्न कति सक्छन् र पढाई सकिए पश्चात पनि विद्यार्थीहरुलाई ज्ञानको प्रयोग गर्न सहज होस भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरीएको कलेजले जानकारी दिएको छ ।
साथै विद्यार्थीहरुलाई प्रोत्साहन होस र उनीहरु भित्र रहेको ज्ञानलाई बाहिर ल्याउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा रहेको भिएसएन काइटी कल्बका विद्यार्थीहरुले बताए । भिएसएन काइटी कल्ब भिएस निकेतन कलेजमा कम्प्युटर तथा आइटी पढेका विद्यार्थीहरुले सञ्चालन गरेको आईटी कल्ब हो ।



