रुपन्देही/१४ भाद्र-बुटबलको दीपबोर्डिङ हाई स्कुलमा कक्षा १० मा पढने विद्यार्थी शिक्षकको कुटाईबाट घाईते भए। उनलाई शिक्षकले कानमा चड्कन हान्दा बंगारामा असर पुगेको चिकित्सकले बताएका छन। घाईते विद्यार्थी जेनितले भने, कलास चलिरहेको वेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यतीमात्रै हो ।
त्यही निहुँमा मलाई सरले झर्केर वोलाउनु भयो, म सर कहाँगए, र भने सर हाँसेकोमा गल्ती भयो माफीपाऊँ । तर सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक–पटक गरी मलाई हानिरहनु भयो । जुन कुटपिटले म घाईते बन्नपुगे ।
एकछिनसम्म कानबन्द, अचेत जस्तै भए । अहिले पनि म त्यही पिटाईले गर्दा वेला वेलामा झस्कि रहन्छु । यो भनाई हो दीपबोर्डिङ हाई स्कुलमा कक्षा १० मा पढने विद्यार्थी जेनित रायमाझीको। उनलाई विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईँले विद्यार्थी जेनित रायमाझीलाई कुटेको विद्यार्थीका अभिभावकले वताए ।
तिलोत्तमा वडा नं. ५ घर भएका जेनित कक्षाकोठामा हासेको भन्दै शिक्षकले कुटेको आमा चन्दा रायमाझीले बताइन्। यस अघि पनि आफ्नो छोरा माथि विद्यालयमा शिक्षकले कुटपिट गर्ने गरेको चन्दाको भनाई छ।
‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबाबुहरूलाई पढ्न पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोवैज्ञानिक त्रास बढेको छ। मनोविज्ञानमा गम्भीर असर परेको छ। यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भीर बन्नुपर्छ’, उनले भनिन्।
कुटपिट भएका विद्यार्थी जेनित घर गएपछि उनकी आमा चन्दा रायमाझीले फोन गरेर विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई कुटपिट वारेमा सोधपुछ गर्दा उल्टै प्राचार्य न्यौपानेले तँको होस् ? तेरो हैसियत के हो ? म संग यसरी वोल्ने तमिज त्यही हो ? भन्दै थर्काएको पिडित विद्यार्थीकी आमा चन्दाले रुदै भनिन।
पिडित विद्यार्थीका वुवा डिवि रायमाझीले विद्यार्थीलाई कुटपिट र यातना दिएर गर्ने व्यवहार दीपवोडिङ्ग स्कुलको नयाँ नभएको वताउँदै, आफ्नै छोरालाई निर्घात कुटपिट गरेको वारेमा कुराकानी गर्दा ४÷५ जनाको फोन आएको र ज्यानमार्ने धम्की आएको वताए ।
रायमाझीले ज्यानमार्ने धम्की नआएको भए, स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भएहामीले पत्रकार सम्मेलन गर्ने थिएनौं । हाम्रो माग भनेको शिक्षक माथि कारबाही होस भन्ने हो अरु केही छैन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थी र शिक्षकमाथि तानाशाह शैली चलाउँदै आएको धेरै तथ्यहरु बाहिर आउन नसकेको वताए ।
अव छोराले त्यो स्कुलमा पढ्न जादैन भन्छ, छोराले कक्षा १० मा अहिले अध्ययन गर्दैछ । स्कुलका कारणले मेरो छोराको पढाई विग्रिने भयो । अव यसको जिम्मेवारी कसले लिने ? ज्यानमार्ने धम्की दिने जस्ता कार्यको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यानदिनेछ भन्नेमा हामी विश्वस्त छौं ।
नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० बर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने वताए । उनले दीपवोडिङ्गले विद्यार्थी माथि गरेको दुव्र्यहार निन्दनिय भएको वताए । स्कुल मुस्कान संस्कार सहितको अध्यापनदिने ठाउँ हो ।
दण्डदिने नियम कहि कतै नभएकाले उक्त कार्य ठिक नभएको वताए । संघका अध्यक्ष ज्ञवालीले भने, बरु विद्यार्थीले गल्ती गरेमा एकपटक अभिभावकलाई सचेत गराएमा विद्यार्थीका अनैतिक वानी व्यवहार सुुधार्न सकिन्छ । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले भने आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानाकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए।
शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकलकलेज प्रालिमा उपचार गराएका थिए। जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकका अनुसार कानमा चड्कन हान्दा जेनितको बंगारामा असर पुगेको छ। घटना बुटवलको दीपवोडिङ्गहाई स्कुलमा सोमवार घटेको हो ।



