कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

काठमाडौं/१४ भदौं-राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । गत २६ जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जनाएको हो ।


बोर्ड स्रोतका अनुसार सकेसम्म आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरीे तयारी गरेको जनाएको छ । स्रोतले भन्यो यसपालि कक्षा १२ को परीक्षाको नतिजा अघिल्लो वर्षको भन्दा फरक तरीकाले निकाल्नुपर्ने व्यवस्था भएकोले हामी लागि रहेको छौं । हामीले पहिल्यै देखि भदौं १५ मा नतिजा सार्वजनिक गर्ने भनेका छौं कुनै प्राविधिक कारणले आज नतिजा सार्वजनिक हुन नसके भोलि हुन पनि सक्छ तर, सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारीमा छौं ।


कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।