गेटवे कलेज अफ प्रोफेसनल स्टडीज नेपालकै उत्कृष्ट ५ कलेज भित्र पर्न सफल

काठमाडौं /१४ भदौं-बसुन्धरा स्थित गेटवे कलेज अफ प्रोफेसनल स्टडीज नेपालकै उत्कृष्ट ५ कलेज भित्र पर्न सफल भएको छ । होटल व्यवस्थापन विषय (विएचएम) सञ्चालन गर्ने कलेज मध्ये गेटवे कलेज अफ प्रोफेसनल स्टडीज उत्कृष्ट ५ कलेज भित्र पर्न सफल भएको हो ।


हालै सम्पन्न छैठौँ संस्करणको न्यू विजनेस एज स्कूल रेटिङ्ग, ¥याङ्किङ तथा अवार्डस् कार्यक्रममा सो कलेजले नेपाली विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित कलेजहरुमा दोस्रो तथा समग्रमा उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ ।


विगत १३ वर्षदेखि उत्कृष्ट शिक्षा दिने संस्थाको रुपमा परिचित यस गेटवे कलेज बसुन्धरा चोकबाट ५०० मिटरको दुरीमा रहेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गेटवे कलेज स्थापनाकालदेखि विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रोजगारी पेड इन्टनसीप तथा क्रेडिट ट्रान्सफरको सुविधादिने कलेज हो ।


कलेजका संस्थापक अध्यक्ष सुरेश के.सीका अनुसार आगामी दिनमा कलेजको संलग्नतामा वेभ हस्पीटालीटीका नाममा होटल, व्याङक्वेट, रेष्टुरेन्ट, हेल्थ क्ल्ब आदि संचालनमा आउन लागेको जानकारी दिए ।