आईईएमआईएसमा अद्यावधिक नगरेका सामुदायिक विद्यालय कालो सूचीमा

वीरगञ्ज/२३ साउन-वीरगञ्ज महानगरपालिकाले पालिकाभित्रकाले आईईएमआईएसमा अद्यावधक नगरेका सामुदायिक विद्यालयलाई कालो सूचीमा राखेको छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक नगरेका कारण १३ वटा सामुदायिक विद्यालयलाई कालो सूचीमा राखिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।


आईईएमआईएसमा तथ्यांक प्रविष्टि गर्न पत्रबाट तथा विभिन्न माध्यमबाट पटक–पटक सूचित गर्दा पनि अटेर गरेकाले १३ वटा सामुदायिक विद्यालयलाई कालो सूचीमा राखिएकोे शैक्षिक प्रशासन महाशाखाकाले सूचना मार्फत जानकारी दिएको हो ।
साथै आईईएमआईएसमा तथ्यांक अद्यावधिक नगरेका कारणबाट विद्यालयले प्राप्त गर्ने कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित भएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक नै हुनुपर्नेे सूचनामा उल्लेख गरीएको छ ।


त्रिजुद्ध मा.वि, विद्यापिठ मा.वि, नेपाल राष्ट्रिय विद्यापीठ मावि, विश्वहिन्दु संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, नेपाल राष्ट्रिय आधारभुत विद्यालय अपौनी, नेपाल राष्ट्रिय आधारभुत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभुत विद्यालय मनियारी, राम जानकी आधारभुत विद्यालय राम गढवा नेपाल राष्ट्रिय आधारभुत विद्यालय प्रसौतीपुर, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर वेल्वा, आदर्श बालविकास आधारभूत विद्यालय बेल्वा गरी १३ वटा विद्यालय कालो सूचीमा परेका हुन् ।