काठमाडौं/३ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९” सार्वजनिक गरेको छ । परीक्षा समितिको असार ३१ गतेको निर्णय अनुसार निर्देशिका,२०७९ सार्वजनिक गरेको हो ।
परीषद्को विनियमावली ,२०७१ को विनियम ५५ को अधिकार प्रयोग गरी परीक्षा समितिले “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९” बनाएको छ ।
निर्देशिकामा सञ्चालन हुने शैक्षिक कार्यक्रम र प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक शैक्षिक योग्यता निर्धारण गरीएको छ । अक्षराङ्कन पद्धति लागू भएपछि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा भर्ना हुनका लागि प्रवेश परीक्षाको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी ग्रड प्वाइन्ट एभरेज २ प्राप्त गरेको हुनु पर्ने वा एसईई उत्र्तीण भई परिषद्बाट संचालन हुने कार्यक्रमसंग संबन्धीत तोकिएका प्राविधिक एस.एल.सी प्रि डिप्लोमा तहको कुल पूर्णङ्क ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने छ ।
यहाँबाट हेर्नुहोस निर्देशिका :



