देशमा पुराना विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागि रहेका छन्

काठमाडौं/३ साउन-पूर्व शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागी रहेको बताएका छन् । ख्वप कलेजलाई विश्वविद्यालय बनाउनु पर्ने बताउँदै उनले देशमा पुराना विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागि रहेको बताएका हुन् ।


सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् “एकातिर देशमा पुराना विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागि रहेका छन । अर्को तर्फबाट नगरपालिकाले चलाएको तिनै विश्वविद्यालयका कार्यक्रमहरू उदाहरणीय रूपमा विकास गरेका छन । ख्वप कलेज र भक्तपुर नगरपालिकाबाट सबैले सिक्नै पर्दछ । पृष्ठभागमा नेमकिपाका राजनैतिक सोचहरूलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न शैक्षिक कोणबाट एउटा सर्मपित टिम लागेकै छ । त्यसैले त्यो सफल भएको छ । सामुदायबाट संचालित ख्वप कलेजलाई एउटा विश्वविद्यालय बनाउनु पर्छ भनेर लामो समयदेखी माग हुदै आईरहेको छ ।”


यस्तो छ उनले लेखेको स्टाटस :


ख्वप कलेज भनेपछि भक्तपुर नगरपालिकाले चलाएको सामुदायमा आधारित नमुना कलेजको रूपमा हाम्रो दिमागमा स्थापित भएको छ । २० बर्षदेखि भक्तपूर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय र पूर्वाÞञ्चल विश्वविद्यालय को सम्बन्धनामा विभिन्न ढंगले कार्यक्रमहरू संचालन गरिरहेको छ । इन्जिनियरिङ्ग मात्र होईन विज्ञान, प्रविधी, नर्सिंङ जस्ता कार्यक्रमहरू संचालन गरेको छ र अहिले त्यहाँ ५ हजार विद्यार्थीहरू अध्ययनरत छन र १८ सय जनशक्ति परिचालित छन ।


एकातिर देशमा पुराना विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागी रहेका छन । अर्को तर्फबाट नगरपालिकाले चलाएको तिनै विश्वविद्यालयका कार्यक्रमहरू उदाहरणीय रूपमा विकास गरेका छन । ख्वप कलेज र भक्तपुर नगरपालिकाबाट सबैले सिक्नै पर्दछ । पृष्ठभागमा नेमकिपाका राजनैतिक सोचहरूलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न शैक्षिक कोणबाट एउटा सर्मपित टिम लागेकै छ । त्यसैले त्यो सफल भएको छ । सामुदायबाट संचालित ख्वप कलेजलाई एउटा विश्वविद्यालय बनाउनु पर्छ भनेर लामो समयदेखी माग हुदै आईरहेको छ ।


शिक्षा तथा स्वास्थ्य समितीको छलफलमा हामी समितीका सभापति सहित साथीहरू मात्र सर्वसम्मत भएनौ सरकारको शिक्षा,विज्ञान तथा प्रविधीमन्त्री पनि सकारात्मक हुनु भएको छ । आशा गरौ २०७३।८।१६ मा दर्ता भएको ख्वप विश्वविद्यालयको विधेयक संसदमा आउनेछ र त्यसलाई छलफल गरेर टुग्याउनेछ ।


विश्वविद्यालयहरूको भीडमा मदन भण्डारी विज्ञान तथा प्रविधी र योगमाया आर्युवेद विश्वविद्यालय जस्ता विशिष्टकृत विश्वविद्यालयहरू अन्तम चरणमा छन, यही बिचमा नेपालको उच्च शिक्षाको क्षेत्रलाई सान्दर्भिक, अनुसन्धानमुलक र गुणस्तरीय बनाउने उद्देश्य राखेर केदार भक्त माथेमा, सुशिला कार्की, देवेन्द्र राज पाण्डे जस्ता नागरिक अगुवाहरू सामेल भएर एउटा नयाँ विश्वविद्यालय निर्माण गर्न लाग्नु भएको छ । डा.अर्जुन कार्कीले विकास समितीको नेतृत्व गर्नु भएको छ ।


हामीले देशप्रति प्रतिबद्ध हुने साह्रै निम्छरो जनशक्ती उत्पादन गरिरहेका छांै । राष्ट्रप्रति गर्व गर्ने , विकासको समस्यालाई पनि ठिक किसिमले बुझेको र सृजनात्मक क्षमता पनि भएका जनशक्ति निर्माण गर्नु हाम्रो उच्च शिक्षाको मूल कार्यभार हो । नेपाल विश्वविद्यालयसँग यिनै अपेक्षाहरू गरिएका छन । यो विकास समितिले ऐनको मस्यौदा पनि तयार गरिसकेको छ । मलाई लाग्दछ स्थानिय तहबाट जग्गा उपलब्ध गराईएको र बाह्य सहयोग पनि जुटाउने दिशामा विभिन्न पहलहरू भईरहेको यो विश्वविद्यालयलाई पनि यही संसदमा ल्याएर नयाँ विश्वविद्यालय निर्माणको अगुवाई गर्न शिक्षा मन्त्रीलाई आग्रह गर्न गर्दछु ।