विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन माग

काठमाडौं /३१ असार-लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि उपकुलपति पदमा आवेदन माग गरेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि लुम्बिनी प्रदेश सरकारले आवेदन माग गरेको हो ।


लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा भएको व्यवस्था बमोजिम प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि प्रदेश सरकार समक्ष उम्मेदवारको नाम सिफारिस गर्ने प्रायोजनका लागि आवेदन माग गरेको छ ।


योग्यता पुगेका इच्छुक नेपाली नागरीकले सूचना जारी भएको ७ दिनभित्र लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने छ ।