सामुदायिक विद्यालयको स्तर उन्नति गर्न राप्रपा विद्यार्थी संगठनको माग

काठमाडौं /२७ असार-राप्रपाको भ्रातृ संगठन “राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन”ले सरकार शैक्षिक मागा र मुद्दाहरुमा गम्भिर हुन नसकेको भन्दै शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग बुझाएको छ । संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो ।


शिक्षा निजिकरण तथा व्यापारीकरणका कारण सर्वसाधरणहरुको पहुँचबाट क्रमशः टाढिदै गइरहेको भन्दै शिक्षालाई व्यापारीकरण हुनबाट जोगाउन निजी शैक्षिक संस्थालाई कनूनको दायरामा ल्याउन माग गरेको छ । विद्यार्थी भर्ना भएको तीन महिना वितिसक्दा पनि अझै विद्यार्थीहरुले पाठ्यपुस्तक र पाठ्यसामाग्री नपाएको र समुदायिक विद्यालयको स्थिती दयनिय रहेकोले विद्यालयको स्तर उन्नति गर्न आग्रह गरीएको छ ।


गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।