काठमाडौ/ २६ पुष – बुटवलको स्कलर्स होम माध्यमिक विद्यालयले पुष २७ गते आइतवार देखि स्पोर्ट मीट गर्ने भएको छ । बार्षिक कार्यतालिका अनुसर खेलकुदका कार्यक्रम हुन लागेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जनाकारी दिए । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमताको विकास गर्ने र खेलको महत्व बुझाउन स्पोर्ट मीट गर्न लागिएको उनले बताए ।
विभिन्न चरणहरुमा हुने प्रतिस्र्पधाकालागि विद्यार्थीहरुको लगत संकलनको काम सकिएको खेल संयोजक कृष्ण पाण्डेले बताए ।
पुष २९ गते सम्म संचालन हुने स्पोर्ट मीटमा सिनियर तर्फ फूटवल, क्रिकेट, भलिवल लगायतका खेलहरु हुने छन् । त्यसै गरि जुनियर तर्फ टेवलटेनिस, व्याटमिन्टन, म्युजिकल चियर, स्पोन रेश, विभिन्न प्रतिस्र्पधामा दौड प्रतियोगिताहरु हुने व्यावस्थापन संकायका संयोजक रामु रोकाले बताए ।
विद्यालयले विगत देखि नै संचालन गर्दै आएको स्पोर्ट मीटको आइतवार एक कार्यक्रमकाबीच शुभारम्भ गर्ने तयारी भएको उनले बताए । स्पोर्ट मीटका लागि प्रतिक्रात्मकरुपमा विद्यालयमा रंगोली समेत तयार गरिएको छ ।