काठमाडौं/२० असोज–सिटिइभिटि प्रदेश १ कार्यलयले डिप्लोमा,प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेको जानकारी दिदै नतिजा प्रकाशन भएको १५ दिन भित्र भर्ना हुन आग्रह गरेको छ ।
डिप्लोमा, प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको शैक्षिक सत्र २०७८ /०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेको हो ।
निशुल्क छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरुले दशै विदा बाहेकको १५ दिन भित्र तोकिएको शिक्षण संस्थामा कार्यलय समय भित्र शैक्षिक योग्यता प्रमाण पत्र,नागरीकता,लगायतका प्रमाण पत्र सहित सिफारिस शिक्षण संस्थामा भर्ना हुनपर्ने जनाएको छ ।




