काठमाडौं /१९ असोज-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न सबै इकाइ र स्थानीय तहलाई निर्देशन दिएको छ ।
केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत सहयोगि कर्मचारी , लेखामा काम गर्ने कर्मचारी, बाल विकास शिक्षा तथा शिक्षा विकास तथा समँवय इकाइमा कार्यरत करार र अस्थायी सेवाका कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको हो ।
साथै विद्यलायका कर्मचाीको उमेर हदको हकमा शिक्षा मन्त्रालयले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णय ६० वर्ष कायम गरिसकेको जानकारी दिदै विद्यलय प्रशासन,लेखा र सहयोगी कर्मचारी तथ अस्थायी शिक्षकको सेवामा रहने अधिकतम अमेर ६० वर्ष कायम गरेको जनाएको छ ।
त्यसैगरी प्रारम्भिक बाल विकास केन्दका सहजकर्ता र सामुदायिक सिकाई केन्द्रका परिचालिका तथा सहयोगीको उमेर हद पनि शिक्षकहरु सरह ६० वर्ष नै कायम गरिएको छ । तर कार्यलय सहयोगी,पाले,चालक,सरसफाईकर्मीको उमेर निजामति कर्मचारी सरह ५८ वर्ष हुने शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले जानकारी दिए ।




