कास्की/१९ असोज-पोखरा विश्वविद्यालयले शैक्षिक क्रियाकलाप व्यवस्थापन गर्न दशैं र तिहार बीचको समयमा पनि अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थीको भविष्यलाई सुरक्षित गर्दै शैक्षिक क्यालेण्डर अनुरूप पठनपाठन र परीक्षालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने भएको भन्दै अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै दुई वर्षदेखि रोकिएको विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आगामी फागुन ८ गते आयोजना गर्नुपूर्व विभिन्न संकायका विभिन्नतहका शैक्षिक सत्रका आन्तरिक मूल्याङ्ककन समेतका शैक्षिक क्रियाकलापहरू तथा वर्तमान सत्रका ल्याब, प्राक्टिकल, फिल्ड भिजिट लगायतका शैक्षिक गतिविधिहरूलाई समयमै सम्पन्न गरी अन्तिम परीक्षाहरू सञ्चालन गर्नु पर्ने भएकोले दशैं र तिहार बीचको समयमा पनि अनलाइल कक्षा सञ्चालन गरिएको जनाएको छ ।
त्यसैगरी कोभिड–१९ को जोखिम पूर्ण रुपमा नहटे पनि संक्रामणमा कमि आएकोले निर्धारित जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गरी तिहारपछिका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू सबै भौतिक रूपमा सञ्चालन गर्ने सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिएका छन् ।



