मदन भण्डारी फाउण्डेशनले थेसिस तयार गर्न शोध अनुदान प्रदान गर्ने

काठमाडौं/१८ असोज-मदन भण्डारी फाउण्डेशन द्धारा शोध अनुसन्धानका लागि छात्रवृत्ति दिने भएको छ । स्नातकोत्तर,एमफिल तथा विद्यावारिधी अनुसन्धान गर्नका लागि छात्रवृत्ति दिने भएको हो ।

सोमबार एक सूचना जारी गर्दे उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि थेसिस,डिर्जटेसन तयार गर्न शोध अनुदान प्रदान गर्ने कार्यकम रहेको जनाएको हो ।


यसका लागि मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यलायका अर्थशास्त्र, समाजशास्त्र,मानवशास्त्र,इतिहास,पत्रकारिता तथ आमसञ्चार केन्द्रयि विभागहरु ,जल तथा मौसम विज्ञान केन्द्रयि विभागका साथै श्रम अध्ययन कार्यक्रम बिचमा सहकार्य गर्ने सम्झौता भएको जनाएको छ ।


विश्वविद्यलायसँगको सम्झौता अनुसार विभागहरुमा स्नातकोत्तर,एमफिल तथा विद्यावारिधी अनुसन्धान गर्नका लागि फाउण्डेशनले शोध अनुदान प्रदान गर्ने हुँदा उक्त छात्रवृत्तिको लागि योग्यता पुगेका शोधार्थीहरुबाट दरखास्त आव्हान गरेको छ ।


साथै अनुदान आवेदनका लागि आवश्यक योग्यता तथा प्रक्रियाबारे विस्तृत जानकारीका लागि सम्बन्धित विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।