तेस्रो स्थापना दिवसको अवसरमा नेका द्धारा खाद्यन्न वितरण

काठमाडौँ /१८ असोज-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा भक्तपुर स्थित मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । नेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसर पारेर आइतबार मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको हो ।


“संसारमा धेरै मान्छे आउछन् जान्छन् तर ति मान्छे मात्र रहिरहन्छन् जो मानव सेवा गरेर सत्कर्म गरिरहेका हुन्छन् ” भन्ने मुल मन्त्रका साथ नेका मानव सेवामा निरन्तर लागि रहने सचिव दिपक कोइराललाले बताए ।


नेकाले व्यवसायलाई मात्र महत्व नदिएर सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा सक्ने सहयोग गर्ने ,बालबालिकाहरुको सेवामा लाग्ने जनाएको छ ।


उक्त खाद्यन्न वितरण कार्यक्रममा उपाध्यक्ष निरज सिटौला,ज्ञानेन्द्रमान जोशी,महासचिव राकेश श्रेष्ठ,कोषाध्यक्ष रमन कोइराला,सचिव दिपक कोइराला,सदस्य रविन्द्र थापा र कमला बस्नेतको सहभागिता रहेको थियो ।


मानवसेवा आश्रमले सडकमा वेवारिसे अवस्थामा बसेका बालबालिकालाई सहयोग गर्ने गर्दछ ।