विद्यालयमा प्रतिष्पर्धाको होइन ज्ञानको वातावरण बनाऊ

अर्पण शर्मा

अर्पण शर्मा

पढाईमा ध्यान दिने तरिका
अर्पण शर्मालाई ‘मेमोरी किङ’ को रुपमा चिनिन्छ । उनले आफ्नो स्मरण शक्तिकै माध्यमबाट ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम राख्न समेत सफल भए । उनले एक मिनेटमा ४५ वटा शब्दलाई उल्टो, सुल्टो र नम्बर क्रम मिलाएर विश्वमा कीर्तिमान राख्न सफल भएका हुन् । बच्चैदेखि पढाईमा राम्रो भएका उनी स्कुुलमा पनि राम्रो विद्यार्थीका रुपमा गनिन्थे । एसएलसी पछि उनको जीवनले अर्कै मोड लियो । एसएलसीपछि उनी काठमाडौं आए । काठमाडौंमा बस्दै गर्दा उनले गौतम बुुद्ध अनि ओशोका किताब पढ्न थाले र ध्यानमा लगे । उनी भन्छन्,“कानमा समस्या आएको थियो, योगा बाटै कानको समस्या निको भयो ।” विस्तारै उनले त्यहि योगाको माध्यमबाट यति धेरै ज्ञान पनि प्राप्त गर्न सफल भए । तिनै अर्पण शर्माले पढेका कुरा कसरी स्मरण गर्न सकिन्छ भन्ने बारेमा केही टिप्सहरु दिएका छन् ।
१) विद्यालयमा प्रतिस्पर्धाको वातावरण होइन ज्ञानको वातावरण बनाउ
अहिले शिक्षा प्रणाली एक प्रतिस्पर्धाको रुपमा स्थापित हुँदैछ । परिवारले पनि आफ्ना बालबालिकालाई प्रतिस्पर्धा गर्न सिकाउँदै छन् । प्रतिस्पर्धाले गर्दा हिंसा र ईष्र्याको भावना उत्पन्न हुन थाल्छ । जो कक्षामा पहिलो हुन्छ, उसको मनमा अहंकार आउँछ भने जो व्यक्तिले राम्रो गर्न सक्दैन, उसको मनमा पनि रिस र ईष्र्याको भावना उत्पन्न हुन थाल्छ । विद्यार्थीले कुनै पनि प्रतिस्पर्धाको भावना नराखी अगाडि बढ्यो भने उनीहरु सफल हुन सक्छन् । कक्षा कोठामा पढ्दा ज्ञानको वातावरण बनाउनु पर्छ । परीक्षाको डर र त्रासको वातावरण होइन ।
२) दिमागलाई आराम गर्ने समय दिनुु पर्छ
एक पिरियडमा ४५ मिनेट हुन्छ । एउटा कक्षा सकिने बित्तिकै अर्को शिक्षक आएर पढाउन सुुरु गर्छन् । यसरी पढाउँदा विद्यार्थीको दिमागले आराम गर्ने समय पाउँदैन । शिक्षकले पढाएको कुरामा दिने वातावरण मात्र भएर हुँदैन विद्यार्थीले लिने वातावरण पनि हुनुुपर्छ । ४५ मिनेटको कक्षामा विद्यार्थीलाई पढाई बाहेक पनि अन्य कुरा गराइने हो भने त्यो विद्यार्थीले अर्को कक्षा लिनको लागि तयार हुन्छ । कुनै पनि जानकारी दिमागमा रहिरहने गरी राख्नको लागि दिमागलाई आराम गर्ने समय दिनुुपर्छ ।
३) रिभाइज गर्ने कोसिस गर्ने
कति पढ्ने भन्ने भन्दा पनि कसरी पढ्ने भन्ने कुरालाई ध्यान दिनुुपर्छ । विद्यार्थीले थोरै पढ्ने तर गहिराइमा गएर पढ्ने गर्नुुपर्छ । जति सक्दो अध्ययन गरेको विषयलाई रिभाइज गर्ने कोसिस गर्ने । १० मिनेट पढेर ३० मिनेट विश्लेषण गर्नुपर्छ ।
४) पढेको कुरालाई गुुणस्तरीय ईमेजसँग परिवर्तन गर्ने
हाम्रो दिमागलाई फोटो धेरै मन पर्छ । हाम्रो दिमागले देखेको कुरालाई बढी याद गर्न सक्छ । यदि कुनै पनि कुरा याद आउँदैन भने त्यो कुरालाई यस्तो एउटा वस्तुुसँग जोड दिने, जुन त्यो पहिले देखि नै हामीलाई राम्रोसँग याद छ । अध्ययन गरेको विषय छिट्टै सम्झिन हामीले हाम्रा वरिपरि भएका सामग्री प्रयोग गर्न सक्छौं । पढाइ गर्दा हामीले मेहेनतको साथ साथै टेक्निकको पनि राम्रोसँग प्रयोग गर्न जान्नुुपर्छ । कुनै पनि विषय धेरै बेर सम्म दिमागमा राख्नको लागि टेक्निक अपनाउनुु पर्छ । आफुुले कुनै पनि कुराको स्मरण गर्नु छ भने त्यसलाई कुनै पनि स्थान र वस्तुुसँग दाँजेर स्मरण गर्न सकिन्छ । जुन तरिकाले हामीलाई पढेको कुराहरु याद गर्न सहज हुुन्छ । यसका लागि हामीले पढेको कुरालाई गुुणस्तरीय ईमेजमा परिवर्तन गर्नुपर्छ ।
५) शरीरलाई जति चाहिन्छ त्यति सुुत्ने
मानव शरीरलाई निन्द्राको निकै आवश्यकता हुुन्छ । निन्द्र भनेको दिमागको चार्जर जस्तो हो । अपूर्ण निन्द्राले दिमागको नशामा असर पर्न सक्छ । बेलुुका ढिला सुुत्ने र बिहान छिटो उठ्नेकाले निन्द्रा अपूर्ण हुन्छ । बालबालिकाको मानसिक, शारिरीक र आत्मिक विकासको लागि सुुत्नुु पर्ने हुुन्छ । विद्यार्थी कति सुुत्नुु पर्छ भन्ने कुरा उसलाई आफैं थाहा हुन्छ । दिनभरिमा कति दिमागको शक्ति प्रयोग गर्नु भयो, त्यही अनुुसार सुुत्नुु पर्छ । आफ्नो शरीरलाई जति चाहिन्छ, त्यति नै सुुत्नुु पर्छ अनि मात्र हाम्रो स्मरण शक्ति राम्रो हुुन्छ ।
६) पौष्टिक खानेकुरा खाने
निन्द्राको साथै हाम्रो शरीरलाई उपयुुक्त खानाको पनि त्यति नै आवश्यक पर्छ । विभिन्न प्रकारका खानेकुुरा जस्तैः जंकफुुड, चुरोट जस्ता अन्य कुराले दिमागलाई भित्र भित्रै असर गर्ने गर्छ भने बदाम, ओखर, अंजीर, काजुु, छोकडा, पालुुङ्गोको साग जस्ता खानेकुराहरु प्रशस्त मात्रामा खानुुपर्छ । दिमागको शक्ति बढाउनको लागि पौष्टिक आहारा खाने गर्नुपर्छ ।
७) योगा गर्ने
विद्यार्थी तथा मानिसको लागि योगा निकै महत्वपूर्ण हुन्छ । एक व्यक्तिले योगा गर्न सुुरु गरेपछि ऊ कुनै पनि किसिमको नराम्रो लतमा पर्न सक्दैन । एउटा चुरोट खाने मानिसले खुुसी खोजिरहेको हुुन्छ । त्यहि खुुसी प्राप्त गर्नका लागि उसले चुरोटको सेवन गर्छ । त्यस्ता चुुरोट, रक्सी जस्ता लतबाट छुुटाउन वा लत लाग्न बाट बचाउनुु छ भने उसलाई त्यो भन्दा पनि ठुुलो खुुसी छ है भन्ने भावना राख्नुुपर्ने हुन्छ । व्यक्ति आफ्नो मनबाट नै खुुसी छ भने उसले अरु माध्यमबाट खुुसी प्राप्त गर्न खोज्दैन । त्यसैले हरेक व्यक्तिलाई योगा आवश्यक छ । योगाले स्मरण शक्ति बढाउन धेरै सहयोग गर्छ ।
८) अभिभावकले बालबालिकालाई कुुनै पनि प्रकारको दबाब नदिने
बालबालिकाको व्यवहार तथा पढाइ कस्तो हुन्छ भन्ने कुुरा अभिभावकमा पनि भर पर्छ । बालबालिकाले अभिभावकहरुले जे ग¥यो, त्यहि नै सिक्दै जान्छन् । यदि अभिभावक आफैले पनि राम्रो वातावरण सृृजना गरिदिन्छन् भने बालबालिकाले त्यहि कुरालाई निरिक्षण गर्छन् । अभिभावकहरुले आफ्नो बालबालिकाको लागि यस्तो वातावरण निर्माण गर्नु प¥यो ताकि बालबालिका आफैले कुराहरु सिक्ओस् । बालबालिकालाई कहिले डर देखाउनुु हुँदैन । नजानेको कुरा छ भने पनि बुुझेर सिकाउन आवश्यक छ । अभिभावकले बालबालिकालाई कुनै पनि प्रकारको दबाब दिनुु हुँदैन । अभिभावकले जहिले पनि आफ्ना बालबालिकालाई राम्रो ठाउँमा पुुगोस् भन्ने सोचका हुन्छन् तर हामीले बालबालिकालाई सिकाउने नाममा तनाव दिइरहेका छौं ।
९) पारिवारिक समस्या नसुुनाउने
बालबालिकालाई कहिले पनि कुनै दोष देखाउनुु हुँदैन । बालबालिका संसारमा आउँदा यो परिवारको खुुसीको लागि आएको हो । ऊ आफ्नो खुुसीको लागि आएको होइन् । ऊ किन आएको, ऊ आएबाट परिवारमा सुुख नभएको भन्ने कुरा बालबालिकालाई देखाउन थालियो भने यस्तो वातावरणको कारणले बालबालिकामा तनाव सृजना हुन सक्छ साथै पारिवारिक समस्या, आर्थिक समस्याका विषयमा पनि कुनै कुरा सुनाउनुु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *