काठमाण्डौं/२४ पुष– धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले अनुमति विना नै इलेक्ट्रिकल र आर्किटेक्चर इन्जिनियरिङ विषय सम्बन्धि कक्षा सञ्चालन गर्दै आईरहेको पाएको छ ।
त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसमा नै पठनपाठन भएको पाइएको हो । सो क्याम्पसमा इञ्जिनियरिङका इलेक्ट्रिकल र आर्किटेक्चर दुवै विषय सम्बन्धमा अनुमति नै नलिई पाँच सालदेखि पठनपाठन हुँदै आएको पुष्टि भएको छ ।
अनुमति नै नलिई पठनपाठन गरेर क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकोमा विद्यार्थीहरूले आपत्ती जनाएका छन् । ‘हाम्रो प्रमाणपत्र गैरकानुनी भएको भन्दै कुनै पनि कम्पनीले काम दिएनन्, त्रिविकै आंगिक क्याम्पसले अवैधानिक रूपमा चार वर्षे इलेक्ट्रिकल र पाँच वर्षे आर्किटेक्चर विषयको कक्ष सञ्चालन गरेर हाम्रो भविष्यमाथि नै खेलवाद गरीदिएको छ ’ भन्दै इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी नेत्रप्रकाश अर्यालले आक्रोश व्यक्त गरे ।
उक्त कलेजबाट चारवर्षे ईलेक्ट्रिकल इन्जिनियरिङ फ्याकल्टीबाट दुईवटै विषय गरी ९६ जना पास आउट भई सकेका छन्, भने अहिले १९२ ईलेक्ट्रिकल र ४८ जना आर्किटेक्चर विषयमा अध्ययन गरिरहेको क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।
त्रिविकै आंगिक क्याम्पसमा विद्यार्थीको भविष्य अन्योलमा पार्ने गरी गरिएको सो पाठनपाठनको अहिले विद्यार्थीहरूले विरोध जनाएको छ ।