अनलाइन बाल सुरक्षा निर्देशिका, २०७६

काठमाडौं/२४ पुुष–सूचना तथा सञ्चार प्रविधिको विकाससँगै अनलाई (बेवसाइट, एप, सामाजिक सञ्जाल) मार्फत बालबालिकामाथि बढ्दो दुुव्र्यवहारका घटनालाई न्यूनीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन बाल सुुरक्षा निर्देशिका, २०७६’ जारी गरेको छ ।
निर्देशिकामा आफ्ना बालबालिकाको इन्टरनेट प्रयोगको नियमित रेखदेख गर्नु अभिभावकको प्रमुुख कर्तव्य हुने उल्लेख गरिएको छ । दुव्र्यवहारजन्य सामग्री वा लिंकमा उजुरी गर्ने संरचना विकास गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । सेवा प्रदायकले गम्भीर प्रकृतिका घटनाको जानकारी प्रहरी वा कानूून कार्यान्वयन गर्ने निकायलाई गराउनुुपर्ने छ ।
निर्दशिकाले दुुव्र्यवहार र अनुचित सामग्रीको छानबिन यथाशीघ्र गर्ने प्रणाली स्थापित गर्नुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले बताए । दूरसञ्चार सेवा प्रदायकले बाल दुुव्र्यवहारजन्य सामग्री तुुरुन्त हटाउने प्रणाली विकास गर्नुपर्ने भएको छ ।
अब सेवा प्रदायकले प्रयोगकर्ता, अभिभावक वा हेरचाह कर्ताको नियन्त्रण रहने अनलाइन सामग्रीमा पहुुँच प्राप्त गर्न सक्ने औजार (टुुल्स) उपलब्ध गराउनुुपर्ने छ । यस्तै सेवा तथा सामग्रीमा उमेर समूह स्पष्ट अवगत हुने गरी उल्लेख गर्नुपर्ने भएको छ ।
प्राधिकरणले पनि कानुुन कार्यान्वयन निकाय, सेवा प्रदायक तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा अनलाइन बाल दुुव्र्यवहार घटना उजुुरी प्रणाली विकास गरी सञ्चालनमा ल्याउने छ । बालबच्चलाई अभिभावकले नै इन्टरनेटको सुरक्षित प्रयोग तथा सुरक्षा औजारको सदुुपयोग सम्बन्धमा आवश्यक अभिमुुखीकरण गर्नुपर्ने भनिएको छ । जोखिमजन्य विज्ञापन तथा बालबालिकालाई उक्साउने तथा भड्काउने जस्ता सन्देशहरुलाई सीमित गर्न आवश्यक पहल गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने निर्देशिकामा बताइएको छ ।