काठमाडौं /१२ असोज-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको नियमावली संशोधनका लागि क्याबिनेटमा प्रस्तव लग्ने प्रक्रियामा रहेको जनाएको छ । शिक्षा मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैले समालेका कारण प्रधानमन्त्रीबाटै नियमावली संशोधनका लागि क्याविनेटमा प्रस्ताव लग्ने तयारीमा रहेको जनाएको हो ।
प्रस्ताव लानका लागि विभागिय मन्त्रीले हेरेर स्वीकृत दिए पछि संशोधनका लागि प्रस्तावलाई क्याविनेटमा पठाइने प्रावधान रहेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालय पनि प्रधानमन्त्रीले नै हेरेका कारण संशोधनका लागि प्रधानमन्त्री समक्ष पेश भईसकेको र प्रक्रियामा रहेको बताए । साथै विभागिय मन्त्री नभएका कारण यसमा ढिला नभएको पनि प्रष्ट पारे । उनले भने “अहिले शिक्षा मन्त्री पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हो उहाका कारणले शिक्षा मन्त्रालयका कुनै पनि काम रोकिएका छैनन् ।” त्यसकारण पनि नियमावली छिट्टै संशोधन भएर आउने उनले बताए ।

“नियमावली संशोधन नगरी खुला विज्ञापन र आन्तरीक प्रतिस्पर्धा गर्न नमिल्ने भए पछि आयोगको अनुरोधमा अघिल्लो सरकार हुँदैखेरी संशोधनका लागि पठाएका हौ” उनले भने । तर सरकार परिवर्तनसँगै त्यो भन्दा अगाडी कानुन मन्त्रालय, अर्थमन्त्रालय तगायत मन्त्रालयहरुसँग सहमति लिएर निर्णयका लागि क्याविनेटमा गएको प्रस्तव स्वत फर्केर आएको र पुन: प्रक्रियामा जानुपर्ने भएकाले केहि ढीला भएको जानकारी दिए ।
खुला विज्ञापन तर्फ विषयगत परीक्षा लिने प्रावधान रहेकाले आन्तरीक प्रतिस्पर्धाका परीक्षा लिन अफ्ठेरो भएको र यस अगाडिको नियमावलिले नमिल्ने भएका कारण नियमावलि संशोधन गर्न अनिवार्य भएको छ ।
शिक्षकहरुको श्रेणीगत बढुवामा प्रथम वा द्धितिय श्रेणीमा बढुवा भएर जाँदा जति सिट संख्या हुन्छ त्यसमा ७५ प्रतिशत कार्यसम्पादनका आधारमा र २५ प्रतिशत आन्तरीक प्रतिस्पर्धाबाट हुने गरेको छ ।



