त्रिविले एम.एससीको मंसीरमा र बी.इ.,बी. आर्कको प्रवेश परीक्षा माघमा गर्ने



काठमाडौं/१२ असोज–त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहको प्रवेश परीक्षा मंसिरमा र स्नातक तह बी.इ. /बी. आर्कको प्रवेश परीक्षा माघमा गर्ने भएको छ ।


इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८ /०७९ मा स्नातकोत्तर एम.एससी तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा मंसिरमा प्रवेश परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।


त्यसैगरी स्नातक तह बी.इ./ बी. आर्क कार्यक्रममा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा माघमा प्रवेश परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।


इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पसहरु तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७८/०७९ का लागि प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो ।